दशैँका लागि अग्रिम टिकट बुकिङ असाेज २२ गतेदेखि खुल्ने, पुरानै भाडा दर कायम

 असोज १९, २०८० शुक्रबार १८:३९:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै – यही असोज २२  गते सोमवारदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायात व्यवस्था विभागले सार्वजनिक गाडीमा असोज २२ गतेदेखि दशैँको अग्रिम टिकट बुकिङ खोल्ने निर्णय गरेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा मन्त्री प्रकाश ज्वाला, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच आज शुक्रवार भएको छलफलमा अग्रिम टिकट बुकिङ खोल्ने निर्णय भएको बताउनुभयो । पुरानै भाडा दर कायम गरेर अग्रिम टिकट बुकिङ खुल्ने भएको हो ।

अघिल्ला वर्षमा दशैँ सुरु हुनुभन्दा झन्डै एक महिना अगाडि नै लामो तथा मध्यम दूरीमा जाने सार्वजनिक गाडीको अग्रिम टिकट बुकिङ खुलाउने गरे पनि यस वर्ष भने ढिलाे भएको हो । दशैँका लागि काठमाण्डाै उपत्यकाबाट झन्डै २० लाख मानिस बाहिरिने अनुमान रहेको विभागले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया