पाल्पामा डोजर पुरिँदा चालकको ज्यान गयो

 असोज २२, २०८० सोमबार १०:३:३३ | देव पचभैया
unn.prixa.net

पाल्पा – सडक मर्मत गरिरहेको डोजर पुरिँदा पाल्पामा चालकको ज्यान गएको छ ।  शान्तिनगर गाउँपालिका – १ दाङका ३० वर्षीय चालक धनबिर खड्काको दुर्घटनामा परेर ज्यान गएको हो  । रामपुर नगरपालिका – १० टोक्से भन्ने ठाउँको बर्दलेबाट टोक्से जाने भित्री सडक खण्ड मर्मत गर्दै गरेको बा २ क १९५७ नम्बरको डोजरलाई सडक माथिबाट आएको सुख्खा पहिरोले पुरेको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

पहिरोले पुरिएर गम्भीर घाइते भएका चालक खड्काको उपचारका क्रममा तानसेनको युनाइटेड मिशन अस्पतालमा ज्यान गएको र घटनाको बारेमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया