सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्ने

 असोज २९, २०८० सोमबार ७:४९:९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सर्वोच्च अदालतले दशैँमा पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ गर्ने भएको छ ।

सर्वोच्च अदालतले सूचना निकालेर कोजाग्रत पूर्णिमासम्म सर्वोच्च अदालत प्रशासन बन्द भए पनि बन्दीको रिट निवेदन सुनुवाइका लागि अदालत खुला रहने जनाएको हो।

शनिवार र विजया दशमीका दिनबाहेक अरु दिनमा बन्दीका रिट निवेदन दर्ता तथा सनुवाइ गर्न अदालत खुला रहनेछ । अदालतले ती दिनमा न्याय सम्पादनका लागि न्यायाधीशहरुको पनि व्यवस्था गरिसकेको छ।

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया