लाओसलाई हराउँदै नेपाल विश्वकप छनाेटकाे दाेस्राे चरणमा

 असोज ३०, २०८० मंगलबार १९:४२:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – लाओसलाई हराउँदै नेपाल फिफा विश्वकप छनाेटकाे दाेस्राे चरणमा पुगेकाे छ ।

आज मङ्गलवार न्यु लाओस नेशनल स्टेडियममा भएकाे विश्वकप छनोट प्रारम्भिक चरणको दोस्रो लेगमा घरेलु टाेलीलाई १–० ले हराउँदै समग्रमा २–१ काे जित निकालेर नेपाल दाेस्राे चरणमा पुगेकाे हाे । नेपालकाे जितमा मनिष डाँगीले गाेल गरे । मनिषले खेलकाे ५२ औँ मिनेटमा अञ्जन विष्टकाे पासमा गाेल गरे । खेलकाे इन्ज्युरी समयमा नेपालका कप्तान किरण चेम्जाेङले उत्कृष्ट बचाउ गर्दै टाेलीकाे अग्रता कायम राखे ।

गएकाे बिहीवार घरेलु मैदान दशरथ रङ्गशालामा भएकाे खेलमा नेपाल लाओससँग १–१ गाेलकाे बराबरीमा राेकिएकाे थियाे ।

अब नेपालले समूह 'एच' मा रहेका बहराइन र यूएई तथा यमन र श्रीलङ्काबीचको विजेतासँग दोस्रो चरणको छनोट 'होम एन्ड अवे' का आधारमा खेल्नेछ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया