पाल्पामा फेरि दुर्घटना, पाँच जना घाइते

 कात्तिक ६, २०८० सोमबार ८:४१:४२ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पाको रम्भा गाउँपालिका-४ रानीवनमा बिहान भ्यान पल्टिँदा पाँच जना घाइते भएका छन् ।

आर्य भञ्ज्याङ रामपुर सडक खण्डमा बिहान ५ बजे लु १ ज ३९८३ नम्बरको भ्यान पल्टिँदा भ्यानमा रहेका रम्भा गाउँपालिका-४ का २३ वर्षका कृष्ण सारु, २३ वर्षका नरेन्द्र दर्लामी, २२ वर्षका दिलबहादुर कुँवर, १९ वर्षका मोहन दर्लामी र १८ वर्षका सूर्य सारु घाइते भएका जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

घाइते भएका पाँचै जनाको तानसेनमा रहेको युनाइट मिसन अस्पतालमा उपचार भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया