धादिङमा तीन वटा गाडी ठोक्किँदा १२ जना घाइते

 कात्तिक ८, २०८० बुधबार १७:१३:१६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ – पृथ्वीराजमार्ग अन्तर्गत धादिङको गल्छी गाउँपालिका वडा ४ चिरौदीमा बुधवार तीन वटा गाडी एक आपसमा ठोक्किँदा १२ जना घाइते भएका छन् ।

धादिङबेसीबाट काठमाण्डौतर्फ जाँदै गरेको बा ३ ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा ६० प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाकल उछिट्टिएर त्यही दिशातर्फ जाँदै गरेको बाग्मती प्रदेश ०१ – ०२८ च ९३३६ नम्बरको कारमा ठोक्किएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धादिङका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवालले जानकारी दिनुभयो ।

घाइतेमध्ये बा ६० प ४८६९ नम्बरको मोटरसाइकल  चालक गल्छी गाउँपालिका वडा नम्बर ६ का २६ वर्षीय जितेन्द्र पाठक र उहाँको श्रीमती २४ वर्षीया ज्योती पाठक गम्भीर घाइते भएकोले उपचारका लागि काठमाण्डौ पठाइएको छ । अन्य घाइते १० जनालाई भने स्थानीय बैरेनी अस्पतालमा उपचारपछि काठमाण्डौको ट्रमा सेन्टर पठाएको छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया