बाख्रा चराउन गएका बालबालिका बेपत्ता

 बैशाख २४, २०७५ सोमबार ९:२३:१८ | दमन राई
unn.prixa.net

खोटाङ, वैशाख २४ – बाख्रा चराउन जंगल गएका एक बालिका र दुई बालक बेपत्ता भएका छन् । शनिबार  बराहपोखरी गाउँपालिका–२ सुन्तले धाप्लाङका १२ वर्षीय सुमन श्रेष्ठ, ११ वर्षीया अनिता माझी र १० वर्षीय सबिन माझी बेपत्ता भएको प्रहरीले जनाएको छ । 

खोजी गर्दा पनि नभेटिएपछि आफन्तले आइतबार साँझ खोजीका लागि प्रहरीमा निबेदन दिएका थिए । बेपत्ताको खोजीका लागि ईलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी लोकदर्शन थापाले बताउनुभयो । बालबालिका नदीमा बेपत्ता भएको अनुमान गरिएको छ । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

दमन राई

खोटाङमा बसेर पत्रकारिता गर्ने दमन राई उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया