च्याम्पियन्स लिगमा रियल मड्रिडको जित, युनाइटेड एफसी कोपनहेगनसँग पराजित

 कात्तिक २३, २०८० बिहिबार ८:२४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युरोपेली च्याम्पियन्स लिग अन्तर्गत समूह ‘सी’ को खेलमा रियल मड्रिडले पोर्चुगिज क्लब ब्रागालाई हराएको छ । रियलले ब्रागालाई ३–० गोलले हरायो ।

रियलको जितमा ब्राहिम डियाज, भिनिसियस जुनियर र रोड्रीगोले एक/एक गोल गरे । यो समूहमा नापोली र युनियन बर्लिनले एक/एक गोलको बराबरी खेलेका छन् । समूह ‘सी’ बाट रियल ४ खेलमा १२ अङ्क जोड्दै दोस्रो चरणमा प्रवेश गरेको छ । दोस्रो स्थानमा रहेको नापोलीको ४ खेलमा ७ अङ्क छ । तेस्रो स्थानमा रहेको ब्रागाको ३ अङ्क छ ।

त्यस्तै, च्याम्पियन्स लिगको समूह ‘ए’ को खेलमा म्यानचेस्टर युनाइटेड पराजित भएको छ । १० खेलाडीमा सीमित युनाइटेड एफसी कोपनहेगनसँग ४–३ गोलले पराजित भएको हो । यो समूहमा बायर्न म्युनिखले गालाटासारायलाई २–० गोलले हराएको छ । बायर्नको जितमा ह्यारी केनले दुई गोल गरे ।

बायर्न दुई खेल अगावै अर्को चरणमा प्रवेश गरेको छ । बायर्नको ४ खेलमा १२ अङ्क छ । पुछारमा रहेको युनाइटेडको ३ अङ्क छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया