चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा १८ लाख रुपैयाँभन्दा धेरै सङ्कलन

 मंसिर १५, २०८० शुक्रबार ६:४८:३१ | देव पचभैया
unn.prixa.net

पाल्पा – चिच्याएर वर माग्ने पाल्पाको सत्यवती मेलामा १८ लाख रुपैयाँभन्दा बढी सङ्कलन भएको छ । तिनाउ गाउँपालिका–४ को सत्यवती तालको धार्मिक मेलामा १८ लाख ५० हजार तीन सय ३१ रुपैयाँ सङ्कलन भएको हो ।

यही मङ्सिर ७ देखि ११ गतेसम्म सञ्चालन भएको मेलामा भेटी र सहयोगबापत १८ लाख रुपैयाँभन्दा धेरै सङ्कलन भएको सत्यवती मन्दिर ताल संरक्षण विकास समितिका अध्यक्ष दानबहादुर गाहाले जानकारी दिनुभयो । आर्थिक पारदर्शिताका लागि मेला सकिएसँगै मन्दिर व्यवस्थापन समिति, गाउँपालिकाका कर्मचारी र जनप्रतिनिधिको उपस्थितिमा आम्दानीको हिसाब सम्पन्न भएको तिनाउ गाउँपालिकाका अध्यक्ष प्रेम श्रेष्ठले जानकारी दिनुभयो ।

कात्तिक महिनामा बाला चतुर्दशी र पूर्णिमा पर्ने वर्ष मात्र सत्यवती मेला लाग्ने गरेकाेमा अहिले अहिले बाह्रै महिना दर्शनार्थी सत्यवती तालमा पुग्ने गरेका छन् । सत्यवती तालमा पुगेपछि बाँसको लिङ्गो गाड्ने र राती पूजा गर्दा त्यही लिङ्गो चिनेर पूजा गरी चिच्याउँदै तालको परिक्रममा गरेर वर माग्ने गरिन्छ । यो वर्ष जोग नपरेको भए पनि एक लाख ५० हजारभन्दा बढी भक्तजन तालमा पुगेका आयोजकले जनाएकाे छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया