हेटौँडामा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिलाको ज्यान गयो, एक जना घाइते

 मंसिर २२, २०८० शुक्रबार १५:२५:४९ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको हेटौँडा उपमहागरपालिका वडा नम्बर–१५ रातोमाटेमा बसको ठक्करबाट एक महिलाको ज्यान गएको छ । एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ना ४ ख ९५२० नम्बरको बसले ना ५३ प ८५२७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा बारा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर–१२ बस्ने ३२ वर्षीया निशा कुमारीको ज्यान गएको हो । उहाँ मोटरसाइकलमा सवार हुनुहुन्थ्यो ।

मोटरसाइकलका चालक निशाका श्रीमान ४३ वर्षीय रोशनकुमार राय घाइते हुनुभएको मकवानपुरका निमित्त प्रहरी प्रवक्ता एवम् प्रहरी निरीक्षक प्रकाश शाहले जानकारी दिनुभयो । घाइते रायको हेटौँडा अस्पतालमा उपचार भैरहेको छ । उहाँको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया