पाल्पामा आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा एक जनाको ज्यान गयो

 मंसिर २४, २०८० आइतबार ११:५९:४६ | देव पचभैया
unn.prixa.net

पाल्पा - आफैँले बोकेको भरुवा बन्दुक पड्किँदा पाल्पामा एक जनाको ज्यान गएको छ । बन्दुक पड्किँदा निस्दी गाउँपालिका मित्यालका ४८ वर्षीय डम्मरबहादुर सारु मगरको ज्यान गएको हो । 

बारीमा आएको दुम्सी मार्न बोकेर हिँडेको बन्दुक पड्किँदा सारुको ज्यान गएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

घटनास्थलबाट एक नाले भरुवा बन्दुक र भिर्ने झोला समेत बरामद भएकाे प्रहरीले जनाएकाे छ । 
 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया