पाल्पामा टिपर दुर्घटनामा परि एक जनाकाे ज्यान गयाे, दुई जना घाइते

 पुस ६, २०८० शुक्रबार ७:५०:३६ | देव पचभैया
unn.prixa.net

पाल्पा - पाल्पामा गएराति टिपर दुर्घटना हुँदा एक जनाकाे ज्यान गएकाे छ । दुई जना घाइते भएका छन् । 

गुल्मीबाट पाल्पाका लागि छुटेको रा १ ख २४०४ नम्बरको टिपर सडकबाट खस्दा  रिब्दीकोट गाउँपालिका-३ का विष्णु ढकालकाे ज्यान गएकाे हाे । 

दुर्घटनामा दाङकाे घोराही उपमहानगरपालिका-१२ का यमराज पुन र त्रिवेणी गाउँपालिका-५ रोल्पाका हिमाल घर्ती  घाइते हुनुभएकाे छ । घाइते दुवै जनाकाे तानसेनकाे युनाइटेड मिसन अस्पतालमा उपचार भैरहेकाे प्रहरीले जनाएकाे छ । 

प्रहरीका अनुसार टिपर आफैँ ब्याक हुँदा दुर्घटना भएकाे हाे । टिपरका चालक घोराही उपमहानगरपालिकाका अजय चौधरीलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । 

 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया