पाेखरासँग धनगढीकाे बराबरी, क्वालिफायर खेल्न अरू खेलकाे नतिजा कुर्नुपर्ने

 पुस ६, २०८० शुक्रबार १५:३६:११ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – पाेखरा थन्डर्स शीर्ष स्थानमा रहँदै नेपाल सुपर लिग (एनएसएल) काे क्वालिफायरमा पुगेकाे छ ।

आज शुक्रवार त्रिपुरेश्वरकाे दशरथ रङ्गशालामा भएकाे खेलमा पाेखराले धनगढी एफसीसँग १–१ गाेलकाे बराबरी खेल्याे । धनगढीका मिलन राईले खेलकाे ४२ औँ मिनेटमा गाेल गर्दै अग्रता दिलाएका थिए । तर धनगढीले अग्रता जाेगाउन सकेन । खेलकाे इन्ज्युरी समयमा पोखराका मोसेस ग्याबाले गाेल गर्दै खेल १–१ काे बराबरीमा ल्याए ।

याे बराबरीसँगै पाेखराले ८ खेलमा १५ अङ्क जाेडेकाे छ । धनगढी ८ खेलमा १३ अङ्कसहित दाेस्राे स्थानमा छ । धनगढीले उपविजेता बन्दै क्वालिफायर खेल्ने सम्भावना छ तर उसले अरू खेलको नतिजामा भर पर्नुपर्ने हुन्छ । ललितपुर सिटी एफसी, झापा एफसी, काठमाण्डाै रेजर्स एफसी र वीरगञ्ज युनाइटेड एफसी मध्येका २ वटा टाेली प्लेअफको दौडमा छन् ।

एनएसएलमा तालिकाकाे शीर्ष २ वटा टाेलीले फाइनल प्रवेशका लागि क्वालिफायर खेल्ने छन् । क्वालिफायरमा हार्ने टाेलीले तालिकाकाे तेस्रो र चौथो स्थानको टाेलीबीच हुने खेलको विजेतासँग फाइनल प्रवेशका लागि खेल्ने मौका पाउने छ ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया