बझाङकाे चैनपुरमा डोजर पल्टिँदा चालकको ज्यान गयाे

 पुस १७, २०८० मंगलबार ८:६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - बझाङकाे चैनपुरमा डोजर दुर्घटना हुँदा चालकको ज्यान गएकाे छ ।

गएराति  पुरानो बसपार्क नजिक डोजर दुर्घटना हुँदा  बित्थडचिर गाउँपालिका–६ का ३० वर्षीय प्रकाश कठायतको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी दिपेश चौधरीले जानकारी दिनुभयो ।

बसपार्कबाट जयपृथ्वी नगरपालिकाकाे कार्यालयतर्फ जाँदै गर्दा डाेजर सडकबाट खसेको र कठायतकाे सिटमुनि च्यापिँदा घटनास्थलमै ज्यान गएकाे चाैधरीले जानकारी दिनुभयाे । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया