धनगढीको फराकिलो सडकमा साइकलको छुुट्टै लेन

 पुस २२, २०८० आइतबार ८:३३:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कैलालीको धनगढी–अत्तरिया जोड्ने ६ लेन सडकअन्तर्गत धनगढी खण्डमा साइकल लेन सञ्चालनमा आएको छ । धनगढी उपमहानगरपालिकाले धनगढीको भन्सार रोडदेखि गेटासम्मको ६ लेनमा साइकल लेन बनाएको हो ।

करिब ७ किलोमिटर सडकको दायाँ र बायाँ दुवैतिर बनाइएको साइकल लेनको हिजो उद्घाटन भएको छ । मेयर गोपाल हमालसहित स्थानीय बासिन्दाले साइकल लेनमा साइकल चलाएर यात्रा गरेका थिए । सुदूरपश्चिममै पहिलोपटक सडकमा साइकल लेन छुट्याइएको उपमहानगरको दाबी छ ।

साइकल लेनमा रङ्ग लगाउनुका साथै लेन चिन्न सहज होस् भनेर ठाउँठाउँमा साइकलको चित्र कोरिएको छ । साइकल लेन छुट्याएपछि दुर्घटनामा कमी आउने र साइकल यात्री तथा गाडी चालकलाई पनि सहज हुने उपमहानगरपालिकाले जनाएको छ । साथै ६ लेनमा साइकल लेन छुट्याएर सडकमा साइकल यात्रीको पनि हक छ भन्ने सन्देश दिन खोजेको मेयर हमालले बताउनुुभयो ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया