आईपीएल क्रिकेटमा आज हैदराबाद र लखनउ खेल्दै
बैशाख २६, २०८१ बुधबार
धनुषा – धनुषामा एक महिलामाथि बोक्सी आरोपमा कुटपिट भएको छ ।
धनुषाको सबैला नगरपालिका १२ रघुनाथपुरकी ३७ वर्षीया जुलेखा खातुनले बोक्सीको आरोपमा आफूमाथि सामूहिक कुटपिट जाहेरी दिएपछि घटना सार्वजनिक भएको हो ।
कात्तिक १३ गते मंगलबार दिउँसो आफ्नै घरमा खाना खाएर आराम गरिरहेको बेला घरमै आएर तथानाम गाली गर्दै आफूमाथि छिमेकहरुले बोक्सी भन्दै निर्घात कुटपिट गरेको पीडित जुलेखाले बताउनुभएको छ । उहाँले दोषीमाथि कार्वाहीको लागि जिल्ला प्रहरी कार्यालयमा ६ जना विरुद्ध जाहेरी दिनुभएको छ ।
कुटपिटमा संलग्न छिमेकी खैतुन खातुन, अजिमा खातुन, ओकराहाबाला भन्ने जुमरत राइन, मो.हविव राइन, मो.समिम राइन र अैलुन राइनविरुद्ध प्रहरीमा जाहेरी दिएको पीडित जुलेखाले बताउनुभयो ।
पीडित जुलेखाकी श्रीमान वैदेशिक रोजगारको क्रममा साउदीमा छन् । ‘अनाहकमा मलाई बोक्सी भन्दै कुटपिट भयो, मलाई लछारपछार गरे, कपाल समातेर सार्वजनिक रुपमै दुर्व्यवहार गरे’, जुलेखाले भन्नुभयो, ‘घरमा पुरुष नभएकी म एउटी महिलामाथि पुरुष समेतले मिलेर सामूहिक रुपमा कुटपिट र अपमान गरे, मैले न्याय पाउनुपर्छ ।’
पीडित जुलेखाले विपक्षीहरुको डरले आफूलाई गाउँलेहरुले समेत साथ नदिएको गुनासो गर्नुभयो । पीडित खातुनकी सासु गुब्दी खातुन र ससूरा इस्लाम कवारीले उनीहरुले आफ्नो बुहारीलाई बोक्सी भन्दै अनाहकमा कुटपिट गरेकोले कार्वाही गर्न माग गर्नुभयो । गाउँमा बोलाइएको पञ्चायतमा समेत उल्टै आफूहरुलाई नै गलत सावित गर्ने प्रपञ्च भएको ससूरा इस्लाम कवारीको दुखेसो छ ।
यसअघि धनुषाको धनौजी गाउँपालिका २ बस्ने ३८ वर्षकी मनतोरिया देवी मण्डल खत्वेलाई गएको कात्तिक ९ गते जातीय पञ्चहरुले बोक्सी भन्दै कुटपिट गरेका थिए । मन्तोरियालाई पञ्चायतमै कुटपिट गरी बोक्सी स्वीकार गर्न लगाई ५० हजार रकम र भोज स्वरुप ५० हजार गरी पञ्चले १ लाख जरिवाना समेत तिराउने निर्णय गरेपछि उहाँ न्यायको लागि जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी दिनुभएको छ । उहाँको पति समेत रोजगारको सिलसिलामा विदेशमा हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।