एसियन कपमा आयोजक कतारको विजयी शुरूवात

 पुस २८, २०८० शनिबार ६:३२:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - एएफसी एसियन कपमा आयोजक कतारले विजयी शुरूवात गरेको छ । प्रतियोगिताको उद्घाटन खेलमा घरेलु टोली कतारले लेबनानलाई ३–० गोलले हरायो ।

विश्वकपको फाइनल खेल भएको मैदान लुसेलमा घरेलु टोलीले खेलको पहिलो हाफमा एक र दोस्रो हाफमा दुई गोल गर्यो । उसका अक्रम अफिफले २ र अल्मोएज अलिले एक गोल गरे । कतार साविक विजेता टोली हो ।

फिफा विश्व कप आयोजना गरेको डेढ वर्षमै कतारले एसियन कपको १८औँ संस्करण आयोजना गरेको हो । सन् २०२३ मा चीनमा हुने भनिएको प्रतियोगिता कोरोनाका कारण कतारमा सारिएको थियो । प्रतियोगितामा एसियाका २४ देश प्रतिस्पर्धामा छन् । २४ देशलाई ६ समूहमा विभाजन गरिएको छ ।

आज तीन वटा खेल हुनेछन् । आजको पहिलो खेलमा बेलुका सवा ५ बजे समूह ‘बी’ को अष्ट्रेलिया र भारत खेल्नेछन् । त्यस्तै, समूह ‘ए’ को चीन र ताजकिस्तानबीच सवा ८ बजे खेल हुनेछ । राति सवा ११ बजे समूह ‘बी’ को सिरिया र उज्वेकिस्तान खेल्नेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया