कार्यकर्ता रिहाईको माग गर्दै नेविसंघले जलायो प्रधानमन्त्रीको पुत्ला

 कात्तिक २६, २०७५ सोमबार १३:५८:१४ | कपिल कोइराला
unn.prixa.net

काभ्रे – प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा सेयर गरेको आरोपमा पक्राउ परेका मण्डन देउपुर नगरपालिका तपेश्वर उच्च माविका नेविसंघ इकाई सभापति कृष्ण ढकालको रिहाईको माग गर्दै नेपाल विद्यार्थी संघ काभ्रेले प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएको छ ।

नेविसंघ केन्द्रीय समितिले घोषणा गरेका कार्यक्रम अन्तरगत सोमबार नेविसंघ काभ्रेले बनेपाको टेलिकम चोक र रेम्बो फोटो स्टुडियो चोकमा पुत्ला जलाएको हो । नेविसंघ काभ्रेका नेता तथा कार्यकर्ता सहभागि कार्यक्रममा विभिन्न नारा समेत लगाएका थिए ।

यस्तै नेविसंघ काभ्रेले आब्हान गरेको हड्तालको कारण दोस्रो दिन पनि काभ्रेका शैक्षिक संस्था बन्द भएका छन् । नेपाल विद्यार्थी संघ काभ्रेले विद्यार्थी नेताको रिहाईको माग गर्दै हिजो र आज काभ्र्रेका सबै विद्यालय बन्दको घोषणा गरेका थिए ।

प्रधानमन्त्रीको तस्बिर बिगारेर फेसबुकमा शेयर गरेको आरोपमा तपेश्वर उच्च माध्यामिक विद्यालयका नेविसंघका इकाई सभापति कृष्ण ढकाल पक्राउको विरोधमा नेपाल विद्यार्थी संघले विभिन्न कार्यक्रम घोषणा गरेको छ ।

नेविसंघले प्रत्येक जिल्लामा २८ गते २ घण्टा चक्का जाम गर्ने लगायतका कार्यक्रम सार्वजनिक गरेको नेपाल विद्यार्थी संघ काभ्रेका सभापति नृपेश वादेले जानकारी दिनुभयो । 
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

कपिल कोइराला

काभ्रेमा बसेर पत्रकारिता गर्ने कपिल कोइराला उज्यालोका जिल्ला सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया