राइजिङ स्टारलाई हराउँदै आर्मी पाेखरा गाेल्ड कपकाे क्वाटरफाइनलमा

 माघ १०, २०८० बुधबार १८:४०:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – त्रिभुवन आर्मी क्लब २३ औँ आहा रारा पोखरा गोल्ड कप फुटबलकाे क्वाटरफाइनलमा पुगेकाे छ ।

पाेखरा रङ्गशालामा आज भएकाे खेलमा राइजिङ स्टार एफसीलाई १–० ले हराउँदै आर्मी क्वाटरफाइनलमा पुगेकाे हाे । आर्मीका लागि कप्तान भरत खवासले गोल गरे ।

अब आर्मीले क्वाटरफाइनलमा माघ १४ गते साविक विजेता सङ्कटा क्लबसँग खेल्नेछ । राइजिङ स्टार पहिलाे पटक पाेखरा गाेल्ड कपमा सहभागी भएकाे हाे । आर्मी ४ पटक प्रतियाेगिताकाे फाइनल पुगे पनि उपाधि जित्न सकेकाे छैन । प्रतियाेगितामा भाेलि मच्छिन्द्र क्लब र जावलाखेल क्लबबीच खेल हुनेछ ।

यही २० गतेसम्म चल्ने प्रतियोगितामा १२ वटा टोलीको सहभागिता छ । प्रतियोगिताको विजेताले १२ लाख १ हजार र उपविजेताले ६ लाख १ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया