हिउँ परेपछि सेताम्मे मैकोट गाउँ (तस्बिरहरू)

 माघ १८, २०८० बिहिबार १५:१८:८ | राजु लामिछाने
unn.prixa.net

रुकुम पूर्व – आज बिहानैदेखि देशभरका विभिन्न ठाउँमा पानी परेको छ । हिउँदे वर्षाका कारण हिमाली तथा पहाडी क्षेत्रका विभिन्न क्षेत्रमा हिमपातसमेत भएको छ । लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रुकुम पूर्वमा पनि बाक्लो हिमपात भएको छ ।

रुकुम पूर्वको सबैभन्दा दुर्गम क्षेत्र मानिने पुथा उत्तरगङ्गा गाउँपालिकाको वडा नम्बर १ मैकोट गाउँ हिउँले सेताम्मे भएको छ । हिउँ परेपछि चिसो बढे पनि स्थानीयवासी खुशी भएका छन् । हिउँदे बाली गहुँ र जौ सप्रने भन्दै किसान खुशी भएका मैकोट गाउँका आशिष घर्ती मगरले जानकारी दिनुभयो । हिमपात गहुँ र जौ खेतीका लागि मलसरह मानिन्छ ।

हिमपातपछि विशेशगरी बालबालिका र वृद्धवृद्धाकाे जीवन बनेको छ । बिहानैदेखि परेको हिउँका कारण बालबालिका विद्यालय जान सकिरहेका छैनन् । स्थानीय हिमालय माविका शिक्षक चिरञ्जीवी मल्लले जिल्लाका विभिन्न ठाउँमा हिमपात भएको बताउनुभयो । उहाँले वर्षासँगै हिमपात भइरहेकोले विद्यार्थी विद्यालय आउन नसकेको जानकारी दिनुभयो ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया