चीनमा हाइड्रोजनबाट चल्ने ४ सिटे विमानकाे उडान सफलतापूर्वक सम्पन्न

 माघ २१, २०८० आइतबार १५:२२:५२ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

चीनमा हाइड्रोजन इन्धनबाट चल्ने विश्वकै पहिलो चार सिटे विमानले सफलतापूर्वक उडान सम्पन्न गरेको छ । विमानले उत्तरपूर्वी चीनको लियोनिङ प्रान्तको शेनयाङमा पहिलो उडान सम्पन्न गरेको चिनियाँ सञ्चारमाध्यम ग्लोबल टाइम्सले जनाएको छ ।

यो विमान चीनले आफैँ बनाएको हो । चीनले हरितगृह ग्यास उत्सर्जनलाई घटाउने आफ्नो योजनामा हाइड्रोजन विमानको उडान सफल हुनुलाई महत्त्वपूर्ण कोशेढुङ्गाकाे रूपमा लिएको जनाएको छ । उडानमा पर्याप्त शक्ति, उत्कृष्ट गति र निकै कम कम्पन तथा आवाज आएको पाइलटले उल्लेख गरेका खबरमा उल्लेख छ ।

यो विमानले अरू विमानजस्तै उडान गर्ने र सामान्य विमानस्थल नै उडान अवतरणका लागि पर्याप्त हुने पनि जनाइएको छ । हाइड्रोजन ग्यास चुहावट र यसबाट हुने सम्भावित विस्फाेटहरू रोक्न सबै खालका सुरक्षा उपकरण राखिएको छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानले अरू विमानको तुलनामा ४० प्रतिशत कम कम्पन उत्पन्न गर्ने र यसले पाइलटलाई धेरै नै सजिलो हुने विमान निर्माणमा संलग्न इन्जिनियरहरूले बताएका छन् ।

हाइड्रोजन सबै प्रकारका ऊर्जाभन्दा स्वच्छ र मूल्यवान् छ । हाइड्रोजन इन्धनबाट चल्ने विमानको कार्बन उत्सर्जन लगभग शून्य नै रहने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया