क्यानडाले नेपाललाई दियो २ सय ८६ रनको लक्ष्य

 माघ २७, २०८० शनिबार १३:१६:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : क्यान

काठमाण्डाै - दोस्रो अन्तर्राष्ट्रिय एकदिवसीय क्रिकेटमा क्यानडाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको क्यानडाले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८५ रन बनायो । उसका आरोन जोनसनले सर्वाधिक ६५ र नवनित धलिवालले ४६ रन बनाए ।

बलिङतर्फ नेपालका रोहित पौडेल र कुशल मल्लले २/२ तथा सोमपाल कामी, सूर्य तामाङ, पवन सर्राफ र आकास चन्दले एक/एक विकेट लिए । आकास चन्दले सिनियर टोलीमा आजै डेब्यु गरेका हुन् ।

तीन खेलको शृङ्खलामा नेपाल १–० ले अगाडि रहेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया