चीनसँगका नाका सञ्चालनका लागि सरकारले विशेष काम गरेको छ : प्रधानमन्त्री

 माघ २७, २०८० शनिबार १७:८:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो सरकारले चीनसँगका नाका सञ्चालनमा विशेष काम गरेको दाबी गर्नुभएको छ ।

नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल—चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु शुरु र व्यवस्थित गर्ने विषयमा बढी प्राथमिकता दिएको बताउनुभएको दाबी गर्नुभएको हो । उहाँले आफू तेस्रो पटक प्रधानमन्त्री बनेदेखि नै नेपाल चीनबीचको अन्तरदेशीय र व्यापारिक नाकाहरु शुरु र व्यवस्थित गर्न सबैभन्दा धेरै प्राथमिकता दिएको दाबी गर्नुभयो ।

परिणामस्वरुप तातोपानीलगायतका उत्तरी क्षेत्रका नाकामा आवतजावत र आर्थिक क्रियाकलापमा सहजता आएको प्रधानमन्त्री प्रचण्डको दाबी छ । उहाँले चिनियाँ राजदूतसँग पनि केही दिनअघि मात्रै आफ्नो चीन भ्रमणका क्रममा भएको सम्झौता र सहमतअघि बढाउने बारेमा छलफल गरेको बताउनु भयो । उहाँले छलफलमा परम्परागत नाकाहरु खोल्ने, टोखा—छहरे सुरुङ मार्गको डीपीआर तयार गर्ने र हिल्सा—सिमीकोट सडक निर्माणसँग सम्बन्धित विषयलाई तत्काल अघि बढाउने बारेमा पनि छलफल र सहमति भएको बताउनु भयो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले केरुङ र तातोपानी नाका जोड्ने सडक पूर्वाधारलाई सरकारले उच्च प्राथमिकता दिनुपर्ने बताउनुभयो । उहाँले नेपाल–चीन जोड्ने व्यापारिक नाकाहरु जाने सडक पूर्वाधारहरु तुलनात्मक रुपमा कमजोर रहेको भन्दै सरकारले चीनसँगको व्यापार व्यवसायलाई सहज बनाउनको लागि सबैभन्दा पहिला सडक सञ्जाललाई व्यवस्थित बनाउनुपर्ने बताउनु भयो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया