पाल्पाको तिनाउमा आज शोक बिदा, ज्यान गुमाएका व्यक्तिका परिवारलाई ३५ हजार रुपैयाँ राहत

 फागुन २, २०८० बुधबार १५:४८:५७ | देव पचभैया
unn.prixa.net

पाल्पा – पाल्पामा हिजो भएको जीप दुर्घटनामा ज्यान गुमाएकाहरूको शोकमा तिनाउ गाउँपालिकाले आज बिदा दिएको छ । शोक मनाउने निर्णय गर्दै गाउँ कार्यपालिकाको बैठकले पालिकाका सम्पूर्ण शिक्षण संस्था तथा पालिका मातहतका कार्यालयहरूमा बिदा दिएको हो ।

गाउँपालिकाको वडा नम्बर ६ मा जीप दुर्घटना हुँदा १० जनाको ज्यान गएको थियाे । ज्यान गुमाउनेमध्ये पाँच जना तिनाउ गाउँपालिकाभित्रैका हुन् । पाँच जनाका परिवारलाई गाउँपालिकाले जनही ३५ हजार रुपैयाँ सहयोग गर्नेसमेत घोषणा गरेको छ । दुर्घटनामा आठ जनाको घटनास्थल र दुई जनाको उपचारको क्रममा ज्यान गएको हो । दुर्घटनामा घाइते भएका १६ जनाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

जीपका चालक पाल्पाको तानसेन नगरपालिका–१० का दानबहादुर चिदीलाई पक्राउ गरेर घटनाको बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । क्षमताभन्दा बढी यात्रु र सामान बोकेको जीपले उकालोमा तान्न नसकेपछि पछि हटेर सडकबाट खसेको स्थानीयले बताएका छन् ।

हिजो तानसेन–बुटवल सडक खण्डमा पर्ने सिद्धार्थ राजमार्गको डुम्रेबाट तिनाँउ गाउँपालिकाको चिदिसातर्फ गुडिरहेको लु १ ज २३७१ नम्बरको जीप दुर्घटना भएको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

देव पचभैया

पाल्पाका उज्यालो सहकर्मी देव पचभैया श्रीनगर एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया