सरकारसँगको वार्तामा सहमति नभएपछि भारतमा आन्दोलनरत किसान दिल्ली प्रवेशको प्रयासमा

 फागुन ९, २०८० बुधबार १५:२०:४९ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – संघीय राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेपछि आन्दोलनरत भारतीय किसानलाई प्रहरीले अश्रुग्यास प्रहार गरेको छ । चार चरणको वार्ता असफल भएपछि पुनः राजधानी दिल्लीतर्फ अगाडि बढ्न खोजेका आन्दोलनरत किसानलाई प्रहरीले रोक्नको लागि अश्रुग्यास प्रहार गरेको बीबीसीले जनाएको छ ।

आफ्नो उत्पादनको न्यूनतम समर्थन मूल्यको माग गर्दै आएका किसानहरु आन्दोलनका लागि दिल्लीतर्फ गइरहेका छन् । तर, उनीहरुको राजधानी दिल्लीको यात्रा रोक्न प्रहरीले बाटोमा धेरै तहमा काँडेतार सहित अवरोध खडा गरेको छ । पञ्जाब र हरियाणाको सीमामा हजारौँ किसानहरुले डोजरको प्रयोग गरी अवरोध हटाउने प्रयास गरेका छन् । भिड हटाउन प्रहरीले अश्रुग्यास प्रहार गरेको छ ।

यसैबीच हरियाणा प्रहरीले सुरक्षालाई ध्यानमा राख्दै पञ्जाब प्रहरीलाई पत्रकार, महिला तथा केटाकेटीलाई सीमाभन्दा एक किलोमिटर टाढै रोक्न भनेको छ । दिल्ली प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको छ । एक महिनाका लागि ठूलो समूहमा भेला हुन रोक लगाइएको छ ।

आन्दोलनकारीहरुले सरकारले यसअघि सन् २०२०/२१ मा भएको आन्दोलनमा भएका सहमति पालना नगरेको आरोप लगाएका छन् । त्यस्तै उनीहरुले पेन्सन तथा ऋण माफीको पनि माग राखेका छन् । सरकारले दाल, मकै र कपास पाँच वर्षका लागि न्यूनतम समर्थन मूल्यमा किन्न प्रस्ताव गरे पनि किसानहरुले सबै २३ वटै बालीहरु न्यूनतम समर्थन मूल्यमा किन्नुपर्ने माग राखेका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया