अमेरिकाले क्यान्सरको जाँचका लागि नयाँ प्रविधिको परीक्षण थाल्यो

 फागुन १०, २०८० बिहिबार १८:३०:६ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकाले क्यान्सरको जाँच अर्थात् स्क्रिनिङका लागि नयाँ प्रविधिको परीक्षण शुरु गरेको छ । अमेरिकी नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआईएच) ले क्यान्सर स्क्रिनिङका लागि उदीयमान प्रविधिहरूको मूल्याङ्कन गर्न क्लिनिकल परीक्षण शुरु गरेको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

क्यान्सर स्क्रिनिङ रिसर्च नेटवर्कले क्यान्सरको पहिचान कसरी गर्ने भन्नेबारे अनुसन्धान गर्नेछ । यसले गर्दा उपचार गर्न सजिलो हुने खबरमा उल्लेख छ । बहु–क्यान्सर पत्ता लगाउने परीक्षण जस्ता उदीयमान प्रविधिहरूले क्यान्सरको जाँचलाई परिवर्तन गर्न सक्ने र धेरै मानिसहरूको जीवन लम्बाउन मद्दत गर्न सक्ने अपेक्षा रहेको एनआईएचले जनाएको छ।

एनसीआईका निर्देशक डब्ल्यू किम्रिन रथमेलले चाँडै नै बहु–क्यान्सर पत्ता लगाउने अध्ययनको रूपमा पाइलट अध्ययन शुरु गर्ने बताउनुभएको छ । दुई हप्ता अघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पनि आफ्नो देशका अनुसन्धानकर्ता डाक्टरहरु क्यान्सरविरुद्धको औषधि पत्ता लगाउने सफलताको नजिकै रहेको बताउनुभएको थियो । यी खबरहरुले क्यान्सर जाँच र औषधि आविष्कारको आशा पलाएको खबरमा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया