पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो जीवाश्म फेला

 फागुन ११, २०८० शुक्रबार १५:१५:२० | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

पानीमा बस्ने एउटा जीवको झन्डै २४ करोड वर्ष पुरानो नयाँ जीवाश्म फेला परेको वैज्ञानिकहरूले बताएका छन् ।

वैज्ञानिकहरूका अनुसार पाँच मिटर लामो सरीसृपको जीवाश्म सग्लो अवस्थामा फेला परेको छ । गर्धन निकै लामो भएकाले यसलाई ड्रागन उपनाम दिइएको छ । याे प्रजाति सन् २००३ मा पत्ता लागेको थियो । अहिले फेला परेको जीवाश्मले वैज्ञानिकहरूलाई अनौठो देखिने प्रागैतिहासिक जीवको पूर्ण शारीरिक संरचना कस्तो थियो भन्ने जान्न अवसर दिएको बीबीसीले जनाएको छ ।

वैज्ञानिकहरूले पहिलो पटक त्यस्तो सग्लो अवशेष देख्न पाएका नेशनल म्युजिएम्स स्कटल्यान्डका डाक्टर निक फ्रेजरले बताउनुभयो । यो जीवाश्म दक्षिणी चीनमा प्राचीन चुनढुङ्गा भएको ठाउँमा फेला परेको हो । यो जीवबारे वर्णन गरिएको एउट शोधपत्र एक जर्नलमा भर्खरै प्रकाशित भएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया