इजरायल–गाजा युद्धविराममा सहमतिको आशा बढ्यो

 फागुन १४, २०८० सोमबार १२:८:४६ | एजेन्सी
unn.prixa.net

कठमाण्डौ – इजरायल–गाजा युद्धविरामबारे पेरिसमा भइरहेको वार्ता सकारात्मक हुने आशा गरिएको छ । पेरिसमा युद्धविराम र बन्धकहरुलाई रिहा गर्ने विषयमा वार्ता भइरहेको छ । यो सम्झौतामा इजरायली जेलमा रहेका प्यालेस्टिनी बन्दीहरूको रिहाइको माग पनि समावेश छ ।

यसअघि इजरायले हमालले बन्धक बनाएका आफ्ना नागरिकलाई रिहाइ गर्न समयसीमा दिएको थियो । जारी छलफलमा बन्धकहरूको रिहाइ र अस्थायी युद्धविरामबारे आधारभूत समझदारी भएको बीबीसीले जनाएको छ ।

यसैबीच, इजरायलमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई राजीनामा दिन दबाब बढेको छ । हिजो इजरायलको तेलअभिभमा नेतान्याहुको राजीनामा माग गर्दै प्रदर्शन भएको खबरमा उल्लेख छ ।

यसअघि गएको अक्टोबर ७ मा हमासले आक्रमण गर्नुअघि इजरायलमा सरकार विरोधी प्रदर्शनहरू भइरहेका थिए । प्रदर्शनकारीले नेतान्याहुले बन्धकहरूलाई मुक्त गर्न भन्दा हमासलाई हराउनमा बढी चासो राखेको बताएका छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया