व्यवस्था फेरिए पनि देशको अवस्थामा परिवर्तन नभएको भनाइमा सत्यता छैन : ओली

 फागुन २६, २०८० शनिबार १८:३:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ — नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले व्यवस्था फेरिए पनि देशको अवस्थामा परिवर्तन भएन भनेर हुँदै आएको टिका–टिप्पणी सही नभएको बताउनुभएको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टीले देशको अवस्था परिवर्तन नभएको भन्दै व्यवस्थाको विकल्प खोजिरहेका बेला एमाले अध्यक्ष ओलीले त्यस्ता कुरामा कुनै सत्यता नरहेको प्रतिक्रिया दिनुभयो । 

मोतीदेवी स्मृति केन्द्रले आज काठमाण्डौमा गरेको कार्यक्रममा उहाँले अहिले ४० प्रतिशतको हाराहारीमा महिला जनप्रतिनिधि रहेको उल्लेख गर्दै विगतमा त्यस्तो थियो भनेर प्रश्नसमेत गर्नुभयो ।

ओलीले ३३ प्रतिशत महिला संसद् र सरकारी निकायमा प्रतिनिधित्व संविधानमै सुनिश्चित भएको हुँदा विगतको अवस्थासँग तुलना गर्न नसकिने तर्क गर्नुभयो । उहाँले महिलालाई सशक्तीकरणको बाटोबाट पुरुष सरह अधिकार दिलाउने कुरामा आफ्नो पार्टी लागिपर्ने समेत बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया