उदयपुरको भोर्लेनीमा आगलागीबाट झण्डै ४६ लाख रुपैयाँ बराबरको क्षति

 चैत ३, २०८० शनिबार ९:२६:३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ - उदयपुरको रौतामाई गाउँपालिका–३ भोर्लेनीको नवउदय सामुदायिक जङ्गलमा लागेको  डढेलो बस्तीमा पसेर भएको आगलागीमा झण्डै ४६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।

हावाहुरीका कारण सामुदायिक वन नजिकमा रहेको बस्तीमा पस्दा गाउन राई, मनकुमारी राई, जगत राई, मदन राई, गोबिन्द नेपाली र रामबहादुर राईको गरी ३ वटा घर र ६ वटा गोठमा क्षति भएको हो  ।

आगलागीबाट ४५ लाख ७० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । बस्तीमा पसेको आगो हिजो प्रहरी र स्थानीयबासिन्दाले निभाएका थिए ।

सामुदायिक वनमा लागेको डढेलोको पूर्ण रुपमा नियन्त्रण भैसकेको छैन ।
 

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया