जीन सम्पादन गरेर सङ्क्रमित कोषबाट एचआईभी हटाउन सकिने वैज्ञानिकहरूको दाबी

 चैत ७, २०८० बुधबार १५:१४:१९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

काठमाण्डाै – वैज्ञानिकहरूले एचाईभी–सङ्क्रमित कोषहरूबाट भाइरसलाई सफलतापूर्वक हटाउन सकिएको दाबी गरेका छन् । सङ्क्रमित कोषलाई एचआईभीमुक्त गर्न उनीहरूले क्रिस्पर जीन सम्पादन विधि प्रयोग गरेका बीबीसीले जनाएको छ ।

नोबेल पुरस्कार जितेको क्रिस्पर जीन सम्पादन विधिले सुक्ष्म तहमा कोषहरू काट्ने काम गर्छ । जीन सम्पादन गर्दा डीएनए काट्न र त्यहाँ भएको विकृत भागलाई हटाउन वा निष्क्रिय पार्न सकिन्छ । वैज्ञानिकहरूले पूरै शरीरलाई एचआईभीमुक्त पार्न सकिने आशा व्यक्त गरेका छन् । तर त्यसो गर्नु सुरक्षित र प्रभावकारी हुन्छ भन्ने सुनिश्चित गर्न अझै धेरै काम गर्न बाँकी रहेको अध्ययनमा संलग्न वैज्ञानिकहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

अहिले उपलब्ध औषधिहरूले एचआईभीको वृद्धिलाई रोकिदिन सक्छन् । तर युनिभर्सिटी अफ एम्स्टर्ड्यामका वैज्ञानिकहरूको नयाँ प्रयोगले एचआईभी हटाउनै सकिने देखाएको हो । तर यो थालनीमात्रै भएकाले अझै धेरै परीक्षण आवश्यक रहेको अध्ययनमा संलग्नहरूको भनाइ छ ।

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया