काठमाण्डौसहित देशका विभिन्न ठाउँमा होली पर्वको रौनक (फोटो फिचर)

 चैत ११, २०८० आइतबार १७:२९:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

रासस

काठमाण्डौ – आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागु हर्थात होली आज देशका हिमाली र पहाडी क्षेत्रमा मनाइदैछ । आजको दिन परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । होली पर्वको अबसरमा आज सरकारले हिमाली र पहाडी जिल्लामा सार्वजनिक बिदा दिएको छ । 

नेपाल प्रहरीले फागुपूर्णिमा अर्थात् होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन पर्सिसम्मका लागि विशेष सुरक्षा योजना निर्माण गरी लागू गरेको छ । यसका सुरक्षा योजनाअन्तर्गत झण्डै ३० हजार जना प्रहरी परिचालन गरिएको छ । 

काठमाडौँ उपत्यकाको निगरानी ड्रोनबाट गर्ने व्यवस्था मिलाइएको छ । अहिले बसन्तुपर, दरबारमार्ग, पाटन दरबार स्क्वायर, जावलाखेल, भक्तपुर दरबार स्क्यायर लगायतका ठाउँमा सयौँ मानिस जम्मा भएर होली खेलिरहेका छन् ।

यसवर्ष काठमाडौँमा मर्यादितरुपमा होली मनाइरहेको देखिएको छ । युवायुवती स्वतःस्फूर्तरुपमा सडकमा पुगेर रङ खेलेर रमाइलो गरिरहेका देखिन्छन् । 

अन्तिम अपडेट: बैशाख १४, २०८१

तपाईको प्रतिक्रिया