अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलद्वारा छ सयभन्दा धेरै कर्मचारी कटौती

 चैत २४, २०८० शनिबार ६:३३:५१ | एजेन्सी
unn.prixa.net

अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी एप्पलले छ सयभन्दा धेरै कर्मचारी कटौती गरेको छ । यो आइफोनको जनशक्तिमा कोरोना महामारीपछिको ठूलो सङ्ख्यामा कर्मचारी कटौती हो । एप्पलले छ सय १४ कर्मचारीलाई निकालेको हो । कोरोना महामारीपछि अमेजन, मेटा, गुगल र अन्य प्राविधिक कम्पनीमा पनि कर्मचारी कटौती गरिएको थियो । तर एप्पलले अहिलेसम्म महामारीको ठूलो असर भोगेको थिएन ।

ब्लुमबर्गले आइफोन निर्माता कम्पनीले कर्मचारी कटौती गर्नुपर्ने अवस्था विद्युतीय कार बनाउने असफल योजनासँग सम्बन्धीत रहेको उल्लेख गरेको छ । क्यालिफोर्निया राज्यको रोजगार विभागलाई गएको मार्च २७ तारिखमा मे महिनामा कर्मचारी कटौती हुन सक्नेबारे जानकारी गराइएको थियो । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया