आईपीएल क्रिकेटमा आज मुम्बई र दिल्ली तथा लखनउ र गुजरात खेल्दै

 चैत २५, २०८० आइतबार ९:२२:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौ – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज दुई वटा खेल हुँदैछन् । आजको पहिलो खेलमा दिउँसो पौने ४ बजे पुछारका दुई टोली मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स खेल्दैछन् ।

यो सिजन मुम्बईले लगातार तीन खेलमा हार ब्यहोरेको छ । अङ्क तालिकामा मुम्बई पुछारमा छ । त्यस्तै दिल्ली क्यापिटल्सले चार खेलमा एक मात्रै जितेको छ । दिल्ली पुछारबाट दोस्रो स्थानमा छ ।

आजको दोस्रो खेलमा बेलुका पौने ८ बजे लखनउ सुपर जाइन्ट र गुजरात टाइटन्सबीच खेल हुनेछ । लखनउले तीन खेलमा दुई जित र गुजरातले चार खेलमा दुई जित निकालेको छ ।

गएराति भएको खेलमा राजस्थान रोयल्सले रोयल च्यालेन्जर्स बेंगलूरु (आरसीबी) लाई छ विकेटले हरायो । जितपछि राजस्थान चार खेलमा शतप्रतिशत नतिजासहित अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया