आयरल्यान्ड 'ए' ले दियाे नेपाल 'ए' लाई २ सय ८५ रनकाे लक्ष्य

 चैत २५, २०८० आइतबार १३:३१:४१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – तीन खेलको एकदिवसीय क्रिकेट शृङ्खलाको अन्तिम खेलमा आयरल्यान्ड ‘ए’ ले नेपाल ‘ए’ लाई २ सय ८५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको आयरल्यान्ड ‘ए’ ले ५० ओभरमा ९ विकेट गुमाएर २ सय ८४ रन बनायो । आयरल्यान्ड ‘ए’ का स्टेफेन डोहेनीले शतक बनाए । डोहेनी १ सय २९ बलमा १ सय ७ रन बनाएर आउट भए । यस्तै पिटर मूरले २५ बलमा ४४ रन जोडे । बलिङतर्फ नेपाल ‘ए’ का रञ्जित कुमार र रिजन ढकालले समान ३ विकेट लिए ।

आयरल्यान्ड ‘ए’ ले लगातार दुई खेल जित्दै यसअघि नै एकदिवसीय शृङ्खला जितिसकेको छ । नेपाल ‘ए’ पहिलो खेलमा २१ रन र दोस्रो खेलमा १ सय १४ रनले पराजित भएको थियो ।

यसअघि नेपाल ‘ए’ टोलीसँगको तीन खेलको टी–२० क्रिकेट शृङ्खला आयरल्यान्ड ‘ए’ ले २–१ ले जितेको थियो ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया