आईपीएल क्रिकेटमा मुम्बई र लखनउकाे जित

 चैत २६, २०८० सोमबार ६:४८:२ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

काठमाण्डौ – इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इण्डियन्सले यो सिजनमा पहिलो पटक जितेको छ । हिजो भएको पहिलो खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई २९ रनले हराएको हो । मुम्बईले दिएको २ सय ३५ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय ५ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि ट्रिस्टन स्टब्सले सर्वाधिक ७१ रन बनाए । मुम्बईका लागि जेराल्ड कोट्जीले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २ सय ३५ रन बनाएको थियो । मुम्बईका लागि रोहित शर्माले सर्वाधिक ४९ रन बनाए । दिल्लीका लागि अक्सर पटेल र एनरिक नोर्ट्जेले २–२ विकेट लिए । यसअघि पाँच पटकको विजेता मुम्बई यो सिजनमा ४ खेलमा १ जितसहित आठौं स्थानमा पुगेको छ । दिल्ली भने ५ खेलमा १ जित सहित पुछारमा छ ।

यसैबीच, आईपीएलको हिजोको दोस्रो खेलमा लखनउ सुपर जाएन्ट्सले गुजरात टाईटन्सलाई ३३ रनले हराएको छ । लखनउले दिएको १ सय ६४ रनको लक्ष्य पछ्याएको गुजरातले १८ ओभर ५ बलमा सबै विकेट गुमाउँदै १ सय ३० रन मात्र बनाउन सक्यो । गुजरातका लागि साई सुदर्शनले ३१ रन बनाए ।

लखनउका लागि यश दयाल एक्लैले ५ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ रोजेको लखनऊले २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ६३ रन बनाएको थियो । लखनउका लागि मार्कस स्टोइनिसले सर्वाधिक ५८ रन बनाए । लखनऊका लागि उमेश यादव र दर्शन नलकन्डेले २–२ विकेट लिए  । जित पछि लखनऊ ४ खेलमा ३ जित सहित तालिकाको तेस्रो स्थानमा छ भने गुजरात ५ खेलमा २ जित सहित सातौं स्थानमा छ ।

आईपीएलमा आज चेन्नई सुपर किंग्स र कोलकत्ता नाइट राइडर्स खेल्दैछन् । खेल चेन्नईमा नेपाली समय अनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया