पुरानो कार्यालय इजरायलले ध्वस्त बनाइदिएपछि इरानले सिरियामा नयाँ कन्सुलेट कार्यालय खोल्यो

 चैत २७, २०८० मंगलबार १५:२५:४१ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

इरानले सिरियाको दमास्कसमा नयाँ कन्सुलेट कार्यालय खोलेको छ । गएको हप्ता इजरायली आक्रमणबाट पुरानो कन्सुलेट कार्यालय ध्वस्त भएपछि आज इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुलहियानले सिरियाको राजधानी दमास्कसमा नयाँ कन्सुलेट भवनको उद्घाटन गर्नुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।

ध्वस्त भएको पुरानो कार्यालयको छेउमै नयाँ कार्यालय खोलिएको खबरमा उल्लेख छ । विदेशमन्त्री अमिर अब्दुल्लाहियान यही अप्रिल १ मा इरानी वाणिज्य दूतावासमा इजरायली आक्रमणपछि आफ्नो पहिलो भ्रमणका लागि हिजो दिउँसो दमास्कस पुग्नुभएको हो । आक्रमणमा इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्स (आईआरजीसी) का वरिष्ठ नेताहरू मारिएका थिए ।

इजरायलको यो आक्रमणको गतिलो जवाफ दिने इरानको चेतावनीपछि अमेरिका र इजरायलले सुरक्षा फौज र सैन्य उपकरण उच्च सतर्क अवस्थामा राखेका छन् ।

आज दमास्कसमा भएको पत्रकार सम्मेलनमा पनि इरानी विदेशमन्त्री अमिर अब्दुल्लाहियनले कन्सुलेटमा गरेको आक्रमणका लागि इजरायलले आवश्यक प्रतिक्रिया प्राप्त गर्ने दोहोर्‍याउनुभएको छ । इजरायलको मानव संहार र आतङ्कवादी क्रियाकलापलाई सहयोग गर्ने अमेरिकाले पनि गतिलो पाठ सिक्ने गरी छिटै जवाफ पाउने इरानको चेतावनी छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया