राेहित पाैडेलकाे कप्तानीमा एसीसी प्रिमियर कप खेल्ने नेपाली टाेली यस्ताे छ

 चैत २७, २०८० मंगलबार १६:३९:५८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ओमानमा हुने एसीसी प्रिमियर कप क्रिकेटका लागि नेपाली टाेलीकाे घाेषणा भएकाे छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले टी–२० फर्म्याटमा हुने प्रतियाेगिताका लागि राेहित पाैडेलकाे कप्तानीमा १४ सदस्यीय टाेलीकाे घाेषणा गरेकाे हाे ।

यही चैत ३० गतेदेखि शुरु हुने प्रिमियर कप वैशाख ९ गतेसम्म चल्नेछ । एसीसी प्रिमियर कपमा नेपाल समूह 'ए' मा छ । याे समूहमा नेपालसँगै हङकङ, मलेसिया, कतार र साउदी अरेबिया छन् । यस्तै समूह 'बी' मा बहराइन, कम्बाेडिया, कुवेत, ओमान र संयुक्त अरब इमिरेट्स (यूएई) छन् । समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । फाइनल जित्ने टोलीले एसिया कप खेल्न पाउनेछ ।

भारतमा एसएमएस फ्रेन्डशिप कप टी–२० क्रिकेट प्रतियाेगिता खेल्न आएकाे नेपाली टाेली उतैबाट ओमान पुग्नेछ ।

नेपाली टाेलीमा कप्तान पाैडैलसँगै, कुशल भुर्तेल, सन्दीप जाेरा, गुल्सन झा, करण केसी, प्रतिज जिसी, विवेक यादव, अबिनाश बाेहरा, साेमपाल कामी, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, कुशल मल्ल, आसिफ शेख र अनिल साह छन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया