आईपीएल क्रिकेटमा आज शीर्ष स्थानको राजस्थान र सातौँ स्थानको गुजरात खेल्दै

 चैत २८, २०८० बुधबार १०:११:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज राजस्थान रोयल्स र गुजरात टाइटन्स खेल्दैछन् । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे जयपुरमा शुरु हुनेछ । राजस्थान अङ्क तालिकामा शीर्ष स्थानमा छ ।

यसअघिका चार खेलमा अपराजित राजस्थानको ८ अङ्क छ । त्यस्तै गुजरात टाइटन्सले ५ खेल खेलेकोमा दुई जित र तीन हार ब्यहोरेको छ । चार अङ्क रहेको गुजरात सातौँ स्थानमा छ ।

आईपीएल क्रिकेटमा गएराति भएको खेलमा सनराईजर्स हैदराबादले पञ्जाव किंङग्सलाई २ रनले हरायो । हैदराबाद तालिकाको पाँचौँ र पञ्जाब छैठौँ स्थानमा रहेको छ । 

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया