भारतमा गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकमा

 चैत २८, २०८० बुधबार १२:४१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

बाँकेकाे बैजनाथ, तस्बिर : सामाजिक सञ्जाल

बाँके – भारतको उत्तराखण्ड राज्यको नैनीतालको बेतालघाट नजिक भएको गाडी दुर्घटनामा एकै वडाका पाँच जनाको ज्यान गएपछि बाँकेको टिटिहिरिया गाउँ शोकाकुल बनेको छ ।

भारतको पर्यटकीय क्षेत्र नैनीतालमा मजदुरी गरी नयाँ वर्ष मनाउन घर फर्कने क्रममा बेतालघाट नजिकै अस्ति राति भएको गाडी दुर्घटनामा परेर बैजनाथ गाउँपालिका–८ टिटिहिरियाको थपुवा र फत्तेपुर गाउँका छ जनाको निधनले वडावासीलाई व्याकुल बनाएको वडाध्यक्ष भगन थारूले बताउनुभयो ।

दुर्घटनामा बाँकेका छ, बर्दियाका एक र अर्का एक जना भारतीय नागरिकको ज्यान गएको थियो । वडाध्यक्ष थारूका अनुसार दुर्घटनामा बाँके बैजनाथ गाउँपालिका वडा नम्बर ८ टिटिहिरियाको फत्तेपुरगाउँका उदयराम थारू, धिरज थारू र विश्राम थारू, रिहारपुर गाउँका तिलकराम थारू तथा थपुवागाउँका अन्तराम थारू र विनोद थारूको ज्यान गएको छ । थपुवा गाउँकै दशरथ थारू र फत्तेपुरका शान्ति थारू घाइते हुनुभएको छ ।

वडाध्यक्ष थारूले भारतमा दुर्घटना भएकाले त्यहाँको नियम पूरा गरेर शव ल्याउन नेपाल प्रहरी र भारतीय प्रहरीसँग समन्वय गरिरहेको बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया