लन्डन म्याराथनमा नेपालका गोपीचन्द्र पार्कीले पनि प्रतिस्पर्धा गर्ने

 चैत २८, २०८० बुधबार १८:१९:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका धावक गोपीचन्द्र पार्कीले लन्डन म्याराथनमा प्रतिस्पर्धा गर्ने भएका छन् । लन्डन म्याराथन आउँदो अप्रिल २१ मा हुँदैछ ।

१३ औँ दक्षिण एसियाली खेलकुद (साग) मा पाँच हजार पाँच हजार मिटर दौडमा स्वर्ण जितेका गोपीचन्द्र यस पटक लन्डन म्याराथनमा नेपालको तर्फबाट सहभागी हुने भएका हुन् । त्यसका लागि धावक गोपीचन्द्र शुक्रवार बेलायत प्रस्थान गर्दैछन् ।

आज एक कार्यक्रमबीच राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टङ्कलाल घिसिङ र नेपालगञ्ज म्याराथनका अध्यक्ष टीएस ठकुरीलगायतले उनलाई बिदाइ गरे ।

नवौँ धारा नेपालगञ्ज म्याराथनको उपाधि जित्दै गोपीचन्द्र लन्डन म्याराथनका लागि छनोट भएका हुन् ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया