भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने

 चैत २९, २०८० बिहिबार १२:१४:९ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

यस वर्ष अप्रिल र मे महिनामा भारतबाट झण्डै छ हजार कामदार इजरायल जाने भएका छन् । २०२३ अक्टोबरदेखि गाजामा इजरायली आक्रमणका कारण इजरायलले श्रमिक अभावको समस्या सामना गरिरहेका कारण भारतबाट श्रमिक लाने इजरायलको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

द्वन्द्व शुरु हुनुअघि प्यालेस्टिनी क्षेत्रबाट ठूलो सङ्ख्यामा मानिस काम गर्न इजरायल गएका थिए । वेस्ट बैंकका झण्डै ८० हजार र गाजाका १७ हजार मानिस कामका लागि इजरायल जाने गर्थे । तर अक्टोबर ७ देखि यस क्षेत्रबाट श्रमिक आवतजावत बन्द भएको छ ।

भारतीय कामदारलाई हवाई जहाजबाट अनुदानमा इजरायल लगिने बीबीसी हिन्दीले जनाएको छ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालयले सबैभन्दा धेरै निर्माण क्षेत्रसँग सम्बन्धित काम गर्न विदेशी कामदार लैजाने जनाएको छ ।

दुई देशको सरकारबीचको सम्झौताअनुसार भारतबाट कामदार इजरायल पठाइने खबरमा उल्लेख छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया