अमेरिकामा चिनियाँ कारको आयातमा प्रतिबन्ध लगाउन राष्ट्रपति बाइडेनलाई आग्रह

 चैत ३०, २०८० शुक्रबार १२:५:४८ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

अमेरिकी राष्ट्रपति जो बाइडेनलाई अमेरिकामा चिनियाँ कारको आयातमा स्थायी रूपमा प्रतिबन्ध लगाउन आग्रह गरिएको छ । सिनेट बैंकिङ कमिटीका अध्यक्ष सिनेटर शेरोड ब्राउनले चिनियाँ विद्युतीय गाडीहरू अमेरिकी गाडी उद्योग तथा व्यवसाय टिकाउनका लागि खतरा रहेको भन्दै चिनियाँ कारको आयातमा प्रतिबन्ध लगाउनुपर्ने बताउनुभएको हो ।

यसअघि अमेरिकामा चिनियाँ विद्युतीय कार आयात कम गर्न कर बढाउने सुझाव मात्र आएकामा उहाँको टिप्पणीलाई अहिलेसम्म यस विषयमा आएको सबैभन्दा बलियो अभिव्यक्ति भएको मानिएको बीबीसीले जनाएको छ । ह्वाइट हाउसका अनुसार गएको फेब्रुअरीदेखि अमेरिकाले चिनियाँ कारहरूले राष्ट्रिय सुरक्षा जोखिममा पारेको विषयमा अनुसन्धान गरिरहेको छ ।

सिनेटर ब्राउनले चीनलाई उसको सरकारको समर्थनमा अमेरिकी अटो उद्योगमा व्यवसाय विस्तारका लागि अनुमति दिन नसकिने बताउनुभएको खबरमा उल्लेख छ । कार उत्पादन गर्ने राज्य ओहायोका डेमोक्र्याटिक सिनेटर ब्राउन नोभेम्बरमा हुने चुनावमा चौथो कार्यकाल जित्न खोजिरहनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया