सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुल्यो

 चैत ३०, २०८० शुक्रबार १५:१:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : सामाजिक सञ्जाल

पाल्पा – पाल्पाकाे सिद्धबाबामा सुरुङ खन्न रातमा बन्द हुँदै आएको सिद्धार्थ राजमार्ग आजदेखि पूर्णरूपमा खुलेको छ । पाल्पाको सिद्धबाबामा सुरुङ खन्न दैनिक छ घण्टा राजमार्ग बन्द हुँदै आएकोमा आजदेखि खुलेको हो ।

गएको पुस १६ गतेदेखि दैनिक राति १० बजेदेखि बिहान ४ बजेसम्म राजमार्ग बन्द हुँदै आएको थियो । सिद्धबाबा सडक खण्डमा बारम्बार पहिरो खसेर दुर्घटना बढेपछि विकल्पका रूपमा सुरुङ बनाउन थालिएको हो । पाँच वर्षभित्र निर्माण सक्ने गरी २०७८ सालकाे फागुनमा ठेक्का सम्झौता भएको थियो ।

आयोजनाका अनुसार अहिलेसम्म भौतिक प्रगति झण्डै १२ प्रतिशतमात्रै छ । सिद्धबाबा मन्दिर नजिकैबाट सुरुङ छिरेर पाल्पातर्फ तिनाउ जलविद्युत् छेउमा निस्कन मिल्छ । चाइना स्टेट कन्स्ट्रक्शन इन्जिनियरिङ कम्पनीले सुरुङ निर्माणको ठेक्का लिएको हो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया