मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई महिनामा पाँच किलो नुन दिने

 चैत ३०, २०८० शुक्रबार १५:३:६ | रासस
unn.prixa.net

मुगु – मुगुको छायाँनाथ रारा नगरपालिकाले विपन्न परिवारलाई हरेक महिना पाँच किलो आयोडिनयुक्त नुन निःशुल्क दिने भएको छ ।

गरिबसँग नगर प्रमुख कार्यक्रमअन्तर्गत चार हजारभन्दा धेरै विपन्न परिवारलाई वडा कार्यालयमार्फत हरेक महिना घरघरमा नुन उपलब्ध गराउने निर्णय भएको मेयर विष्णुकुमार भामले जानकारी दिनुभयो ।

नुन किन्नकै लागि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता अन्त्य गर्न नगरपालिकाले वडाबाटै नुन किनेर दिने नीति लिएको छ । विपन्न घरधुरीलाई उपलब्ध गराएको परिचयपत्रका आधारमा नुन दिने व्यवस्था गरिएको हो । परिचयपत्रको नवीकरणसमेत वडा कार्यालयमार्फत हुनेछ ।

नागरिकताको आधारमा पाँच पोका नुन लिन विपन्न समुदाय गाउँदेखि सदरमुकाम गमगढी पुग्नुपर्ने बाध्यता छ । वडाबाटै नुन उपलब्ध हुने भएपछि सदरमुकाम पुग्नुपर्ने समस्या अन्त्य हुनेछ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया