काभ्रेमा फुल्दै गरेकाे बाेधिचित्तकाे रुख कटान

 चैत ३०, २०८० शुक्रबार १६:१:१ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – काभ्रेको रोशी गाउँपालिका–५ सिपालीकाे नागबेलीमा ठाकुरानी तामाङको बारीमा फुल्दै गरेको बुद्धचित्त अर्थात् बोधिचित्तको रुख नचिनेका मानिसको समूहले काटिदिएका छन् ।

काटिएको बुद्धचित्तको बोटमा अहिले फूल खेल्दै गरेको थियो । काभ्रेको सबैभन्दा महँगो मानिएको यो बुद्धचित्तको रुखको दानाका लागि काभ्रे ठुलोपर्सेल घर भएका पासाङ दोर्जे तामाङ र बनेपा बस्ने समिप त्रिपाठीले लिने गरी सम्झौता गरेका थिए । ठाकुरानी तामाङलाई उनीहरूले बैनाबापत ५० लाख रुपैयाँ नगद बुझाएको खुलेको छ । तर किनबेचका लागि उनीहरूभन्दा माथिल्लो तहमा चिनियाँ नागरिक छन् ।

काभ्रेमा पाइने बुद्धचित्त व्यवसायीले खरिद गरेर माला चीनमा लगेर बिक्री गर्ने गरेका छन् । धार्मिक महत्त्वको बुद्धचित्त प्रशोधनपछि महँगोमा बिक्री हुने गर्छ ।

गए राति रुख काट्ने समूहले चार वटा सकेट बम राखेका र त्यसलाई निष्क्रिय पारिएको काभ्रेका प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार रुख काट्ने समूहको खोजी र थप अनुसन्धान भइरहेको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया