रामेछापमा आगलागीमा परेर घाइते भएकी वृद्धाको उपचारका क्रममा ज्यान गयाे

 चैत ३०, २०८० शुक्रबार १७:५९:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

रामेछाप – रामेछापमा हिजो भएको आगलागीमा परेर घाइते भएकी एक वृद्धाको उपचारका क्रममा ज्यान गएको छ ।

मन्थली नगरपालिका–९ पुरानागाउँ लामाटोलकी ८५ वर्षकी लालमाया तामाङको उपचारका क्रममा काठमाण्डौको कीर्तिपुर जलन अस्पतालमा गए राति ज्यान गएको हो । बारीमा जम्मा पारेर राखेको पत्कर जलाउने क्रममा लालमाया हिजो घाइते हुनुभएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ । उहाँलाई तत्काल उद्धार गरी उपचारका लागि हेलिकोप्टरबाट काठमाण्डौ ल्याइएको थियो ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया