ग्रामीण विकास बैंक चितवनका वरिष्ठ फिल्ड सहायकविरुद्ध भ्रष्टाचार मुद्दा

 चैत ३०, २०८० शुक्रबार १८:१८:० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड टाँडी चितवनका वरिष्ठ फिल्ड सहायक उदयकृष्ण अधिकारीविरुद्ध १९ लाख दुई हजार दुई सय ३७ रुपैयाँकाे भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता नरहरि घिमिरेका अनुसार घिमिरेले वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत रहँदा आर्थिक वर्ष २०६८/०६९ देखि कार्यरत बैंकको रकम अपचलन तथा हिनामिना गरेको पाइएको छ । आयोगले विशेष अदालत काठमाण्डौमा आज आरोपपत्र दायर गरेको हो ।

अधिकारीले नक्कली सदस्य बनाई विना धितो कर्जा दिएको, ऋणीबाट असुली भएको साँवा तथा ब्याज रकम असुली नदेखाई जग्गा खरिदमा प्रयोग गरेको पाइएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया