त्रिभुवन विश्वविद्यालयको रेक्टरमा केसी र रजिस्ट्रारमा रिजाल नियुक्त

 बैशाख १, २०८१ शनिबार ७:१४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयको रेक्टरमा प्राध्यापक प्राडा खड्ग केसी र रजिष्ट्रारमा प्राडा केदार रिजाल नियुक्त भएका छन । त्रिविका कूलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहालले हिजो उनीहरूलाई नियुक्त गर्नुभएको हो ।

केसी अन्तर्राष्ट्रिय सम्बन्धन विभागका प्राध्यापक हुनुहुन्छ भने रिजाल खुला विश्वविद्यालयका डीन र त्रिभुवन विश्वविद्यालय वातावरण विज्ञान विभागका प्राध्यापक हुनुहुन्छ ।

उनीहरूलाई चैत १५ गते नै उपकुलपति प्राध्यापक केशरजंग बरालले नियुक्तिको लागि सिफारिस गर्नुभएको थियो । सिफारिसअनुसार नियुक्ति दिनुको सट्टा प्रधानमन्त्री तथा कुलपति दाहालले पुनर्विचार गर्न निर्देशन दिएपछि केही समय उनीहरूको नियुक्ति प्रक्रिया लम्बिएको थियो ।

चौतर्फी दबाब र उपकुलपति बरालको अडानपछि कुलपति दाहालले दुवै जनालाई नियुक्त गर्नुभएको हो । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया