नयाँ वर्षाको पहिलो दिन, मौसम बदलीको सम्भावना घरबाहिर निस्कदा ओत बोक्न विज्ञको सुझाव

 बैशाख १, २०८१ शनिबार ८:४७:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नयाँ वर्षको पहिलो दिन आज देशका पहाडी धेरैजसो क्षेत्रमा मौसम आंशिक बदली छ । आज बिहान कोशी, बाग्मती प्रदेशमा तथा दिउँसोपख सुदूरपश्चिमलगायत पहाडी क्षेत्रमा मौसम आंशिक बदलीको सम्भावना छ । थोरै ठाउँमा मेघगर्जन, चट्याङ्गसहित हल्का वर्षाको पनि सम्भावना छ ।

मौसमविद् मिनकुमार अर्यालका अनुसार आज दिउँसोपछि पहाडी क्षेत्र विशेषगरी मध्य र पूर्वमा हावाहुरीको पनि सम्भावना छ । यो बेला घरबाहिर निस्कदा छाता र ओत बोक्न तथा अरु सावधानी अपनाउन पनि उहाँको सुझाव छ ।

नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव छ । प्रि–मनसुनको यो बेला जुनसुकै बेला पनि मौसम बदली भई छिटफुट पानी पर्ने सम्भावना हुन्छ । मेघगर्जन, छिटफुट वर्षा तथा हावाहुरीले जनजीवन प्रभावित हुने हुँदा सतर्कता अपनाउन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया